राप्रपाले काठमाण्डाै क्षेत्र नंं १० तथा दुवै प्रदेश क्षेत्रबाट उम्मेदवार सिफारिस गर्यो

Thankot Times

थानकोट ।

मंसिर ४ का लागि तय भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरूले उम्मेदवार चयनका लागि माथिल्लो निकायमा सम्भावित उम्मेदवाररूको सूची पेश गर्ने कार्य जारी छ ।

मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं १० क्षेत्रीय कार्यसमितिको बैठकले सो निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि सम्भावित उम्मेदवाहरूको नाम सिफारिस गरिएको बताइएको छ ।

राप्रपा स्रोतका अनुसार काठमाण्डाै क्षेत्र नंं १० को प्रतिनिधि सभाको प्रत्यक्षतर्फ बलराम थापाको नाम सिफारिस भएको बताइएको छ ।

यस्तै, क्षेत्र नं १० को प्रदेश क तर्फ प्रत्यक्षमा उमेश सापकोटा र प्रदेश ख तर्फ प्रत्यक्षमा सूर्यबहादुर महर्जनको नाम सिफारिस भएको राप्रपा श्रोतले थानकोट टाइम्सलाई जानकारी दियो ।

यी क्षेत्रबाट मुख्य राजनीतिक दलहरूले यसअघि नै सम्भावित उम्मेदवारहरूको सूची माथिल्लो निकायमा पेश गरिसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *