बिहानै मापसे गरि मोटरसाइकल हाँक्ने ३ चालक ट्राफिक प्रहरीको कारबाहीमा
थानकोट ।
मंगलबार काठमाण्डाै उपत्यकामा स्कुल, कलेजका विद्यार्थी लक्षित सुरक्षा जाँचअन्तर्गत १८ जना विद्यार्थीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा ब्लुबुक र लाइसेन्सलगायत कागजपत्र साथमा नभएका १८ जना विद्यार्थी कारबाहीमा परेका हुन्।
चेकिङका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १ सय ८२ ओटा सवारीसाधनका चालक पनि कारबाहीमा परेका छन्।
जसअन्तर्गत बिहानै मापसे गरी मोटरसाइकल चलाउने ३ जना पनि कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।