गुप्तचर विभागको प्रमुखमा थापा नियुक्त
थानकोट ।
देशको एक मात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को मुख्य अनुसन्धान निर्देशकमा हुतराज थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राअविको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको बुझिएको छ ।
थापा विभागमा वरिष्ठतम अतिरिक्त मुख्य अनुसन्धान निर्देशक थिए। उनले तीन वर्ष गुप्तचर विभागको नेतृत्व गर्नेछन् ।
उनीसँगै प्रमुखको प्रतिस्पर्धामा ओम जोशी थिए। त्यस्तै, रिक्त भएको अतिरिक्त मुख्य अनुसन्धान निर्देशनको पदमा टेकेन्द्र कार्कीको बढुवा भएको छ। हालका प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउँदैछन् ।