बिहान पाैने ९ बजेबाट दिनभर जसो कलंकी-कालिमाटी लगायतको क्षेत्रको यातयात प्रभावित हुने
थानकोट ।
ट्राफिक प्रहरीले मंगलबार बिहान पाैने ९ बजेबाट काठमाण्डाैका विभिन्न क्षेत्रको यातायात आवागमन प्रभावित हुने जानकारी दिएको छ ।
ट्राफिक प्रहरीका अनुसार बिहान पौने ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माईतीघर, नयाँ बानेश्वर देखि तिनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।
त्यस्तै, बिहान साढे ११ बजेको आसपासमा तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माईतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी हुँदै सोल्टी होटल, रविभवनसम्मको सवारी आवागमन प्रभावित हुने भएको छ ।
दिउँसो साढे ३ बजे रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।
त्यस्तै दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन, सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने भएको छ ।
ट्राफिक प्रहरीले यी समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई अनुरोध गरेको छ ।