बागमती प्रदेशमा पाँच वर्षमा ३ मुख्यमन्त्री, ३९ मन्त्री
थानकोट ।
देशका सातवटै प्रदेश सभाको पहिलो कार्यकाल सकिन अब करिब एक साता बाँकी छ ।
प्रतिनिधि र प्रदेश सभाको चुनाव मंसिर ४ गते हुने भएपछि प्रदेश सभाको कार्यकाल सकिन लागेको हो । बागमती प्रदेशले पाँच वर्षमा ३ मुख्यमन्त्री र ३९ जना मन्त्री पाएको छ ।
प्रदेश सरकारले कार्यकाल सकिनै लाग्दा पनि आफ्ना भौतिक संरचनाहरु निर्माण गर्ने जग्गा पाएको छैन् । मुख्यमन्त्री कार्यालय, मन्त्रालय र मातहतका कार्यालयहरु संघीय सरकारका भवन र भाडाका घरहरुमा चलेका छन् ।
बागमती प्रदेश सरकारको प्रथम मुख्यमन्त्रीको रुपमा २९ माघ २०७४ मा सपथ लिएका नेकपा (एमाले)का डोरमणी पौडेल २०७८ भदौ २ गते बिदा भए ।
२०७८ भदौ २ गते नेकपा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएसँगै बागमती प्रदेशका मुख्यमन्त्री पौडेल संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिन बाध्य भएका थिए अनलाइन खबरमा समाचार छ । सोही दिन अष्टलक्ष्मी शाक्यको नेतृत्वमा नयाँ प्रदेश सरकार गठन भयो । प्रारम्भमा माधव नेपालको पक्षमा रहेकी शाक्य मुख्यमन्त्री पाएपछि नेकपा एमालेमा खुलेकी थिइन् ।
कात्तिक ११ गते एकीकृत समाजवादीकै राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा तेस्रो पटक बागमती प्रदेश सरकार गठन भयो ।
माइती नेपालकी संस्थापक अनुराधा कोइराला बागमती प्रदेशको पहिलो मुख्यमन्त्री बनिन् । उनी २०७४ माघ ३ गते तत्कालीन प्रदेश ३ को (पछि बागमती प्रदेश नामाकरण भएको) प्रमुखमा नियुक्त भएकी थिइन् । केपी शर्मा ओली नेतृत्वको सरकारले १८ कात्तिक २०७६ मा उनलाई पदमुक्त गरेर विष्णुप्रसाद प्रसाईलाई प्रदेश प्रमुख बनायो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रसाईलाई हटाएर २०७८ भदौ ४ गते यादवचन्द्र शर्मालाई बागमती प्रदेश प्रमुख बनायो ।