एएफसी यू २० छनाेट: नेपाल कतारसँग पराजित

Thankot Times

थानकोट ।

२० वर्षमुनिको एसियाकप फुटबल छनोटमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको छ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गएराति भएको खेलमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको हो । यो नेपालको लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २–० गोलले पराजित भएको थियो ।

कतारको लागि मोहमद मन्सुर अली, मोहमद सुराग र राशिद अब्दुलाजिज अल अब्दुलाले एक–एक गोल गरे । नेपालले एउटा आत्मघाती गोल उपहार पाएको हो । यस जितसँगै कतारले पहिलो खेलमा ३ अङ्क जोडेको छ ।

लगातार दुई खेल बेहोरेको नेपालले भने अङ्क जोड्न सकेको छैन । समूह ‘बी’ मा रहेको नेपाल समूहको पुछारमा रहेको छ । समूह ‘बी’ मा नेपाल र कतारसँगै भुटान, आयोजक बहराइन र बङ्गलादेश रहेका छन् । अब नेपालले भोलि आयोजक बहराइनसँग र अन्तिम खेल अर्को हप्ताको आइतवार बङ्गलादेशसँग खेल्नेछ ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ