काठमाडौंका १० वटै क्षेत्रबाट एमालेका उम्मेदवार सिफारिस, क्षेत्र नंं ९ र १० बाट यी नेताको नाम
थानकोट ।
मुलुकभर आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सरगर्मी बढेको छ । दलहरूले उम्मेदवार चयनका लागि घनिभूत रूपमा तयारी गरिरहेका छन् सोही क्रममा नेकपा एमालेले काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ ।
एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले आआफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । नेकपा एमालेमा क्षेत्र नं. नम्बर ९ बाट कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य र विद्यासुन्दर शाक्यको नाम सिफारिस भएको छ भने काठमाडौं १० बाट विनोद श्रेष्ठ, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन, शरब महर्जन, हिमेष केसी र भक्तलाल श्रेष्ठको नाम सिफारिस गरिएको बताइएको छ ।
काठमाण्डाै १० मा एकीकृत समाजवादीबाट विजय पाैडेल, प्रदेश ख मा रमा आलेमगर सिफारिस