बुद्धनगरमा निर्माणाधीन घरको छ तला माथिबाट खसेर दुई बालबालिकाको मृत्यु
थानकोट ।
काठमाडौंको बुद्धनगरको एक घरको छैठौ तलाबाट खसेर दुई बालबालिकाको मृत्यु भएको छ।
बुधबार साँझ पौने ६ बजे काठमाडौं महानगरपालिका-१० बुद्धनगरस्थित एक निर्माणाधीन घरबाट एक बालक र एक बालिकाको खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साढे ६ तला घरको छैठौ तलाबाट खसेर दुई जनाको मृत्यु भएको हो।
भारत विहार घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ पेप्सीकोला बस्ने १४ वर्षीय बालक र काठमाडौं-२९ बस्ने १४ वर्षीया बालिका खसेका हुन्।
उनीहरू खसेपछि तत्काल उपचारको लागि सिभिल अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा अस्पताले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।