काठमाण्डाै १० मा एकीकृत समाजवादीबाट विजय पाैडेल, प्रदेश ख मा रमा आलेमगर सिफारिस
थानकोट ।
सत्ता घटक दल नेकपा एकीकृत समाजवादीले आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाण्डाै क्षेत्र नंं १० बाट उम्मेदवारहरू सिफारिस गरेको छ ।
बुधबार बसेको सो पार्टीको चन्द्रागिरि नगर कमिटि बैठकले क्षेत्र नं. १० मा पार्टी उपमहासचिव डा. विजय कुमार पाैडेललाई उम्मेदवार सिफारिस गरेको बताइएको छ । यस्तै, प्रदेश ख तर्फ पार्टी केन्द्रीय सदस्य एवं अखिल नेपाल महिला संघकी महासचिव प्रदेश संसद् रमा आलेमगर सिफारिस हुनुभएको छ ।
बैठकले समानुपातिक तर्फ काठमाण्डाै क्षेत्र नंं १० बाट सो पार्टीका प्रदेश कमिटि सदस्य प्रल्हाद बहादुर कार्कीलाई सिफारिस गरेको छ भने प्रदेशतर्फ अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य एवं चन्द्रागिरि नगरपालिका वडा नंं ६ की एकीकृत समाजवादी अध्यक्ष कमला बलामीको नाम सर्वसम्मत सिफारिस गरेको छ ।