टी-ट्वेन्टी सिरिज जित्न केन्यालाई नेपालकाे १७६ रनकाे लक्ष्य

Thankot Times

थानकोट  । ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि केन्यालाई निर्णायक खेलमा नेपालले  १७६ रनको लक्ष्य दिएको छ । केन्याको राजधानी नैरोबीमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाउँदै १७५ रन बनाएको हो ।

नेपालका लागि नेपाली ओपनरहरू मल्ल र अर्जुन साउदले राम्रो सुरुवात गरेका थिए । उनीहरूले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए ।

४४ बल खेलका मल्लले ५ चौका र २ छक्का प्रहार गरेका थिए । त्यसैगरी २१ बल खेलका साउदले ४ चौका र १ छक्काको मद्दतले २९ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २२ रन बनाएका थिए । पवन सराफ १ रनमा आउट भएका थिए । मोहम्मद आदिल अलामले ४ रन बनाए ।

५ वटा ट्वान्टी-ट्वान्टीको श्रृङ्खलामा नेपाल र केन्याले २-२ वटा खेल जितेका छन् । आजको खेलमा जित्नेले श्रृङ्खला जित्ने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ