अन्जना विशंखे काठमाण्डाै-१० मा माओवादीका तर्फबाट चुनावी कमाण्डर

थानकोट ।
नेकपा माओवादी केन्द्रले दुई महिना चुनावी मैदानमा खटिने गरी बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ ।
आइतबार बागमती प्रदेश क्षेत्रका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको बैठकले सबै केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर जिम्मेवारी दिएको हो ।
बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिसभा क्षेत्रमध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र चितवन-३ को कमाण्डर रेणु दाहाललाई दिइएको बताइएको छ । त्यस्तै काठमाण्डाै १० को चुनावी कमाण्डर सांसद् अन्जना विशंखेलाई बनाइएको छ ।
कुन क्षेत्रका चुनावी कमाण्डर को ?
काठमाडौं १– अनिल शर्मा
काठमाडौं २– मा कुमार पौडेल
काठमाडौं ३– मा बद्री बजगाईं
काठमाडौं ४–गोविन्द बटाला
काठमाडौं ५– कल्पना शर्मा
काठमाडौं ६– हिमाल शर्मा
काठमाडौं ७– रामबाबु फुयाँल
काठमाडौं ८– सरिता श्रेष्ठ
काठमाडौं ९– शंकर दुलाल
काठमाडौं १०– अञ्जना विशंखे
ललितपुर १–गंगा पराजुली
ललितपुर २–उर्मिला लामा
ललितपुर ३–हरि दाहाल, पद्मा राई
भक्तपुर १– देवेन्द्र श्रेष्ठ र डीपी ढकाल
भक्तपुर २–दिलीप प्रजापती
चितवन १– कञ्चन खनाल
चितवन २–घनश्याम दाहाल
चितवन ३–रेणु दाहाल
मकवानपुर १– विजय गौतम
मकवानपुर २–कुमारी मोक्तान
नुवाकोट १–हितबहादुर तामाङ
नुवाकोट २–विमला सुवेदी
काभ्रेपलाञ्चोक सूर्यमान दोङ र रुकु चौलागाई
सिन्धुपाल्चोक माधव सापकोटा र शरद दुलाल
धादिङ शालिकराम जम्कट्टेल
दोलखा देवी खड्का
रामेछाप श्यामकुमार श्रेष्ठ
सिन्धुली दीर्घराज श्रेष्ठ र वसन्त माझी