नेकपा एमालेको चुनाव परिचालन सचिवालय सचिवमा विष्णु रिमाल

Thankot Times

थानकोट ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्‍य चुनावका लागि नेकपा एमालेले गठन गरेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालय गठन भएको छ।

आईतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो । बैठकले निर्वाचन परिचालन कमिटी सचिवको जिम्मा उपमहासचिव विष्णु रिमाललाई दिएको छ ।

२६ साउनमा बसेका एमालेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको थियो ।

निर्वाचन परिचालन कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष-महासचिव र विभागका सचिव सदस्य रहेका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *