चन्द्रागिरि नगरपालिकाका विषयगत समितिले पूर्णता पाए

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाका विभिन्न विषयगत समितिहरूले पूर्णता पाएका छन् । नगरका विभिन्न सात वटा विषयगत समितिहरूले हालै सम्पन्न नगरसभाबाट पूर्णता पाएका हुन् ।

थानकोट टाइम्सलाई प्राप्त सूची अनुसार नगरको सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजकमा चन्द्रागिरि नगरपालिका १३ का वडाध्यक्ष श्रीकृष्ण खत्री चयन भएका छन् । यस समितिका सदस्यहरूमा चन्द्रागिरि १ का वडाध्यक्ष हरिश्याम रानामागर, वडा नंं ३ का वडाध्यक्ष दुर्गालाल महर्जन लगायत चयन भएका छन् ।

चन्द्रागिरि नगरपालिका १५ का वडाध्यक्ष घनश्याम लुँइटेलले नगरको सामाजिक विकास समिति संयोजकको जिम्मेवारी पाउँदा चन्द्रागिरि ७ का वडाध्यक्ष शम्भुकुमार केसी, वडा नं. १ का वडाध्यक्ष हरिश्याम रानामगर तथा कार्यपालिका सदस्य सवना कार्की लगायत सो समितिको सदस्यमा चयन भएका छन् ।

यस्तै, नगरको पूर्वाधार विकास समितिको संयोजकमा चन्द्रागिरि ५ का वडाध्यक्ष राजेन्द्र महर्जन चयन भएका छन्, सो समितिको सदस्यहरूमा चन्द्रागिरि ९ का वडाध्यक्ष अच्युत अधिकारी, चन्द्रागिरि १४ का वडाध्यक्ष राजभाई महर्जन, कार्यपालिका सदस्य उमा थापा लगायत चयन भएको बताइएको छ।

चन्द्रागिरि नगरपालिकाको विपद तथा वातावरण समितिको संयोजकमा चन्द्रागिरि ६ का वडाध्यक्ष संजय सिग्देल चयन भएका छन् । उक्त समितिको सदस्यमा चन्द्रागिरि ९ का वडाध्यक्ष अच्युत अधिकारी, चन्द्रागिरि २ का वडाध्यक्ष भाइकृष्ण तामाङ लगायत छन् ।

चन्द्रागिरि नगरको विधेयक समितिको संयोजकमा चन्द्रागिरि ११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठ चयन भएका छन् । चन्द्रागिरि १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन लगायत यस समितिको सदस्यमा चयन हुँदा नगरको आर्थिक विकास समितिको संयोजकमा चन्द्रागिरि ८ का वडाध्यक्ष प्रल्हाद रिजाल चयन भएका छन् । नगरको आर्थिक विकास समिति सदस्यहरूमा चन्द्रागिरि नगरपालिका वडा नंं १० का वडाध्यक्ष शीवकुमार महर्जन लगायत छन् ।

चन्द्रागिरि नगरपालिकाको न्यायिक समिति उपप्रमुख बसन्ती श्रेष्ठको संयोजकत्वमा गठन हुँदा सो समितिको सदस्यमा सिता मण्डल तथा रत्न श्रेष्ठ सदस्यमा चुनिएका छन् ।

चन्द्रागिरि नगरपालिकाको प्रवक्ताको जिम्मेवारी भने हालसम्म कसैलाई नदिइएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *