तीजमा पशुपति मन्दिर परिसरको फोटो खिचे ५ सय देखी २ हजार १ सय रूपैयाँसम्म जरिवाना तिराइने

Thankot Times

थानकोट ।

पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) पर्वका अवसरमा मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्वीर खिचे जरिवाना तिराउने भएकाे छ ।

पशुपतिनाथको मूल मन्दिरभित्र यसअघि नै तस्वीर खिच्न मनाही छ । पछिल्लाे समय तस्वीर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो ।

गर्भगृहको तस्वीर खिचेमा दुई हजार एक सय रुपैयाँ, मुख्य मन्दिरको तस्वीर खिचेमा एक हजार एक सय रुपैयाँ र मूल मन्दिर परिसरको तस्वीर खिचेमा ५०० रुपैयाँ जरिवाना गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।

यसका लागि मूल मन्दिर क्षेत्रमा तस्वीर खिचे/नखिचेको अनुगमन गर्न कर्मचारी खटाइएको उनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *