स्वर्ण जित्ने खेलाडीलाई मासिक ६ हजार रूपैयाँ दिने बागमती प्रदेशको घोषणा

Thankot Times

थानकोट ।

गण्डकी प्रदेशमा असोज २८ देखिस कात्तिक ३ सम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई बागमती प्रदेशले प्रोत्साहनस्वरुप मासिक ६ हजार रुपैयाँ भत्ता प्रदान गर्ने भएको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव सूर्यलाल भण्डारीले बागमती प्रदेश सरकारको प्राथमिकतामा परेका ९ खेलमा स्वर्ण जित्नेलाई उक्त भक्त प्रदान गर्ने बताए । बागमतीले फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराते, तेक्वान्दो, ब्याडमिन्टन र पौडी खेललाई प्राथमिकतामा राखेको छ ।

केन्द्रको राष्ट्रिय खेलकुद परिषद् बाट दिने सेवा सुविधाबाट बञ्चित भएका खेलाडीले मात्र उक्त सुविधा पाउने सदस्यसचिवले बताए । उक्त सुविधा अर्को राष्ट्रिय खेलकुदसम्म लागू हुने जनाइएको छ । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र एनआरएनए गरी ११ टिमले प्रतिस्पर्धा गर्नेछन् । बागमतीले ३६ वटै खेलमा भाग लिने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *