राप्रपाको कोषाध्यक्षमा निलकण्ठ काफ्ले

Thankot Times

थानकोट ।

राप्रपाको कोषाध्यक्षमा नीलकण्ठ काफ्ले मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार विधानअनुसार काफ्लेलाई कोषाध्यक्षमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको केन्द्रीय सदस्य समेत रहेका काफ्ले राप्रपामा विभिन्न जिम्मेवारीमा रहिसकेका छन् । लामो समयदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा क्रियाशील काफ्ले देवदह मेडिकल कलेज र क्यानभास इन्टरनेशनल कलेजका अध्यक्ष एवं गरिमा विकास बैंकका सञ्चालक समेत हुन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *