फिफाद्धारा भारतमाथि लगाएको प्रतिबन्ध फुकुवा

Thankot Times

थानकोट ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

फिफाले पत्र लेखेर भारतको फुटबल संघलाई आगामी अक्टोबरमा हुने १७ वर्ष मुनिको महिला विश्वकपका लागि प्रतिबन्ध फुकुवा गरेको जनाएको छ।

प्रतिबन्ध फुकुवासँगै आउँदो अक्टोबर ११ देखि ३० सम्म यू-१७ महिला विश्वकप भारतमा हुने छ। त्यस्तै भारतले अब नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा पनि भाग लिन पाउनेछ।

फिफाले अगष्ट १५ मा एआईएफएफमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो। भारतले गत मंगलवार फिफाले राखेका मागलाई स्वीकार गरेको व्यहोरासहित प्रतिबन्ध फुकुवाका लागि पत्र लेखेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *