कर्णाली प्रदेशका माओवादी सांसद्हरू ११ मध्ये ९ जना मन्त्री भए अब दुईले केही दिनमा सपथ लिने

Thankot Times

थानकोट ।

माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको माओवादीले जनाएको छ ।

माओवादीले अब जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने तयारी गरेको छ । माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले भनिन्, ‘मन्त्रीका लागि नाम सिफारिस गरेका छौं । एकाध दिनमा सरकारमा सहभागी हुनुहुन्छ ।’

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ सांसद छन्, जसमध्ये ९ जना मन्त्री भइसकेका छन् ।

कृष्णा शाह र रातो कामीलाई पनि पालो पुर्याउन लागिएको एक नेताले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *