सत्तारुढ गठबन्धनमा चुनावी तालमेल हुँदा कुन दलले कति सिट माग्दैछन् ?

Thankot Times

थानकाेट ।
५ दलीय सत्तारुढ गठबन्धन दलहरूले चुनावी तालमेलका लागि आ–आफ्नो दाबी पेश गरेका छन् ।
गठबन्धनको कार्यदलसहित शीर्ष नेताहरूको बैठक बिहीवार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

बैठकमा कार्यदलका तर्फबाट नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी (जसपा) नेपालले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेको जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।

सिट बाँडफाँटका सम्बन्धमा लामो समयदेखि छलफल भइरहेका सन्दर्भमा बिहीवार कार्यदलमा रहेका सबै दलले आ–आफ्नो दाबी गरेका र त्यसपछि कुन निर्वाचन क्षेत्र हो भनी समेत छलफल भएको उनले बताए ।
शुक्रवार अपराह्न ४ बजे बस्ने गठबन्धनको बैठकमा यसबारे विस्तृत छलफल गरी शीर्ष नेतृत्वसमक्ष प्रतिवेदन पेश गरिनेछ ।

यसअघि बिहीवार बिहान बसेको गठबन्धनका शीर्ष नेतासहितको बैठकले सिट बाँडफाँटका सम्बन्धमा १६५ वटै निर्वाचन क्षेत्रको अवस्थाको अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *