टिचिङ अस्पतालबाट हतकडीसहित भागेका कैदी लुभुबाट पक्राउ परे

Thankot Times

थानकोट।

हतकडीसहित भागेका नख्खु कारागारका कैदी लुभुबाट पक्राउ परेका छन्।

बुधबार महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारको लागि लगिएका बेला कैदी हतकडीसहित फरार भएका थिए।

रामेछाप पिल्पुङग गाउँपालिका वडा नम्बर २ का ३१ वर्षीय भोला बुढाथोकी फरार भएका थिए।

उनलाई बिहीबार बिहान ७ बजे ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

परिसरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। ‘बाटो हिडिँरहेको अवस्थामा उनलाई फेला पारिएको हो,’ उनले भने।

उनी २०७२ सालदेखि नख्खु कारागारमा कर्तव्य ज्यान मुद्दाको कैद भुक्तान गर्दै आएका छन्।

आँखाको उपचारको लागि उनलाई बुधबार महाराजगन्ज लगिएको थियो। उनलाई त्यहाँ नियमित फलोअपका लागि लगिएको थियो।

हतकडीसहित भागेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले कारागार प्रमुखलाई जिम्मेवारीबाट खटाएको छ।

यस्तै कारागारमा रहेका सबै प्रहरी कर्मचारीलाई पनि निलम्बन गरेको छ। कार्यालयले यस घटनामा छानबिन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको नेतृत्वमा चार सदस्यीय समिति पनि गठन गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *