एमालेको पोलिटब्युरो बैठक बस्दै
थानकोट ।
नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकलमा बैठकमा शुक्रबार (भोलि) देखि सुरु हुने केन्द्रीय कमिटीको पाँचौं बैठकका एजेण्डा र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे पोलिटब्युरोलाई जानकारी गराउनेछन् ।
आगामी मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेको नेकपा एमालेले चरणबद्ध बैठकहरु राखेको छ । ७ भदौमा स्थायी कमिटी बैठक राखेको एमालेले आज ९ गते पोलिटब्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाएको छ । एमालेले अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटीसमेत गठन गरिसकेको छ ।
पार्टी कमिटीका चरणबद्ध बैठक रहेको भन्दै एमालेले आग्रह गरेअनुसार प्रतिनिधि सभा बैठक पनि भदौ १३ गतेसम्म स्थगित गरिएको छ ।