सत्ता गठबन्धनको बैठक बस्दै, प्रत्यक्षतर्फ १०० सिटकाे अडानमा काँग्रेस

Thankot Times

थानकोट ।
सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । गठबन्धनबीच सिट बाँडफाँटमा सहमति जुटाउने आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल बनाइएको भए पनि त्यहाँ सहमति नजुटेपछि शीर्ष नेताहरुबाटै सहमति खोज्ने प्रयास भइरहेको छ ।

गठबन्धनमा रहेका दलहरु आ आफ्नो दाबीबाट पछि नहटेपछि कार्यदलले सहमति जुटाउन सकेको थिएन ।
बैठकमा नेपाली काँग्रेसले प्रत्यक्षतर्फ एक सय सिटमा दाबी गरेको छ भने अन्य दलहरुले ८० सिट मात्र दिन सकिने बताउँदै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *