हङकङको लगातार दोस्रो जित, युएईलाई हराए एसिया कप खेल्ने

Thankot Times

थानकोट ।

एसिया कप छनोटमा कुवेतलाई ८ विकेटले हराउँदै हङकङले लगातार दोस्रो जित निकालेको छ। पहिलो खेलमा सिंगापुरलाई ८ रनले हराएको हङकङले गएराति कुवेतमाथि सहज जित निकालेको हो।

ओमानको अल अमेरत क्रिकेट मैदानमा कुवेतले दिएको १५२ रनको लक्ष्य हङकङले १७.४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो।

हङकङको जितमा बाबर हायात र कप्तान निजाकात खानले अर्धसतकीय पारी खेले। हायात ३० बलमा २ चौका र ५ छक्कासहित ५३ रनमा अभिजित रहे। यस्तै कप्तान खानले ४३ बल खेल्दै ४ चौका र १ छक्कासहित ५० रन जोडे। त्यसअघि ओपनर यासिम मुर्ताजाले ४६ रन जोडे।

कुवेतका मोहम्मत शाफिक र एडनान इन्द्रेसले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो।
उसका लागि एडसन शिल्भाले सर्वाधिक ५६ रन बनाए। कप्तान मोहम्मद आश्लामले २१ रन जोड्दा उस्मान पटेलले १९ र सायद मोनिबले १६ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। कुवेतले अतिरिक्तबाटै १३ रन जोडेको थियो।

हङकङका लागि अइजाज खान, इत्सान खान र याशिम मुर्ताजाले समान २-२ विकेट लिए।

यो जितसहित हङकङ चार राष्ट्र सम्मिलित छनोटमा ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।

हङकङले समूहको अन्तिम खेल आज युएईसँग खेल्नेछ। यदि युएईलाई हराएमा हङकङ एसिया कपमा छनोट हुनेछ।

छनोटको सम्भावना उस्तै रहेको युएईका लागि हङकङमाथि फराकिलो जित निकाल्नुपर्नेछ। यस्तोमा सिंगापुर र कुवेतबीचको खेलमा सामान्य जित निस्कनुपर्नेछ।

त्यस्तै कुवेतले पनि सिंगापुरलाई फराकिलो अन्तरमा हराएमा र युएईले हङकङमाथि सामान्य जित निकालेमा एसिया कप खेल्ने सम्भावना छ। सिंगापुरको सम्भावना सकिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *