प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता
थानकोट ।
बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ ।
मंसिर ४ का लागि तय भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला प्रधानमन्त्री देउवाले ओलीसँग भेटेका हुन् ।
दुई शीर्ष नेताहरू बीचको यो भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।