आफ्नै पार्टीका जिल्ला सदस्यबाट कार्यकक्षमै कुटिए वडाध्यक्ष

Thankot Times

थानकोट ।

आफ्नै पार्टीका जिल्ला सदस्यले कार्यकक्षमै हातपात गरेको भन्दै मंगलबार हेटौंडा उपमहानगरपालिका-४ का वडाध्यक्ष नविन सिग्देलले प्रहरीमा उजुरी दिएका छन् । वडाध्यक्ष सिग्देलले आफूमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सिग्देलमाथि कुटपिट गर्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएको इकान्तिपुरमा खबर छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेकाले घटनामा संलग्न व्यक्तिहरुको जानकारी दिन नमिल्ने उनले बताए ।

वडाअध्यक्ष सिग्देलले भने आफुमाथि नेकपा एमालेकै जिल्ला सदस्य सानु लामाले हातपात गरेको बताए । उनले भने, ‘जे भयो गलत भयो, यत्ति हो मेरो कुरा अहिले ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *