घरको तीन तला माथिबाट खसेर कीर्तिपुरमा एकको मृत्यु

Thankot Times

थानकोट ।

घरको तीन तला माथिबाट खसेर कीर्तिपुरमा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कीर्तिपुर पाँगा बस्ने ३६ वर्षीय शिव महर्जन भएको प्रहरी परिसर  काठमाण्डाैका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। मृतक महर्जन सोमबार बिहान ७ बजे आफ्नै घरको तीन तला माथिबाट खसेका थिए। उनको उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको थियो।

त्यहाँ उपचारको क्रममा मंगलबार दिउँसो सवा १ बजे मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए। घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *