एमालेको निर्वाचन केन्द्रित बैठक आजदेखि

Thankot Times

थानकोट ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन केन्द्रित योजना बनाउनका लागि पार्टीका विभिन्न कमिटीका बैठक आजदेखि सुरू गर्ने भएको छ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक रणनीति बनाउन एमालेले बैठक गर्न लागेको हो।

भदौ १२ गतेसम्म स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी बैठक र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक भइसक्ने एमालेले जनाएको छ।

आज स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्दैछ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालकाअनुसार भदौ ७ गते स्थायी कमिटी बैठक, भदौ ९ गते पोलिटब्युरो बैठक, भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक बस्दैछ।

यस्तै भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बस्ने उनले बताए।

एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *