८४ जना विद्यार्थी परे ट्राफिक प्रहरीको कारबाहीमा

Thankot Times

थानकोट ।

ट्राफिक प्रहरीको चेकिङमा परी तीन सय ८५ जना चालकहरू कारबाहीमा परेका छन्।

सोमबार बिहान गरिएको ट्राफिक प्रहरी चेकिङमा ८४ जना कलेजका विद्यार्थीहरू कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

कलेजका विद्यार्थीहरूको सुरक्षालाई मध्यनजरमा राख्दै कार्यालयले ट्राफिक चेकजाँच अभियान सञ्चालन गरेको छ।

जसमा सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने ३६ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी सवारी साधन चलाउने ३९ जना, रातो बत्ती उल्लङ्घन गर्ने ५ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २ जना र हेल्मेट नलगाउने तथा अनावश्यक हर्न बजाउने १/१ जना चालकहरू कारबाहीमा परेको बताइएको छ । विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङकै क्रममा अन्य ३०१ जना चालक पनि कारबाहीमा परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *