बुढानिलकण्ठ नगरपालिकाले सबै वडाहरूमा टोल विकास संस्था गठन गर्ने

Thankot Times

थानकोट ।

बुढानिलकण्ठ नगरपालिकाले नगर क्षेत्र भित्र रहेका सम्पुर्ण टोल तथा वस्तीहरुमा टोल विकास संस्था गठन गर्न अनुरोध गरेको छ ।

नगरपालिकाको संघसंस्था समन्वय शाखाले भाद्र ०५ गते सुचना जारी गर्दै सबै वडामा टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि, २०७५ बमोजिम सो समिति गठन गर्न अपिल गरेको हो ।

गठित संस्था सम्बन्धित वडा कार्यालयमै सूचिकरण गर्न सकिने व्यवस्था रहेको नगरपालिका संघ/संस्था समन्वय शाखा अधिकृत सञ्जय ढुङ्गानाले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *