कांग्रेस नेता प्रदिप गिरीको स्वास्थ्य अवस्था स्थिर
थानकोट ।
नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ ।
कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले शनिबार विज्ञप्ति जारी गरी ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका हुन् ।
‘कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको उपचार खटिएका चिकित्सक र परिवारबाट जानकारी प्राप्त भएको छ,’ संसदीय दलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कांग्रेस संसदीय दलले नेता गिरीको स्वास्थ्य लाभको प्रार्थनासमेत गरेको छ ।