नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरुङ चयन
थानकोट ।
नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरूङ चयन भएका छन् । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा पार्टी पदाधिकारीहरूको नाम प्रस्ताव गरेका हुन् । जसअनुसार महासचिवमा देव गुरुङ चयन भएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा छन् भने उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृका यादव छन् ।
यस्तै दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिव प्रस्ताव गरिएको छ । कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव भएको बताइएको छ ।