करेन्ट लागेर चित्लाङमा एक बालकको दाहिने हात छिन्यो

Thankot Times

थानकोट ।

करेन्ट लागेर थाहा नगरपालिका ९ चित्लाङमा एक बालक गम्भीर घाइते भएका छन् । चित्लाङ खलिबनमा करेन्ट लाग्दा ११ वर्षका सुदिप तामाङ्ग गम्भीर घाइते भएका हुन्।  करेन्ट लाग्दा उनको दाहिने हात छिनेको छ भने शरिरको विभिन्न भागमा गहिरो चोट लागेको छ ।

उनको कीर्तिपुरस्थित वर्न अस्पतालको आइसीयूमा उपचार भइरहेको बताइएको छ ।

शुक्रबार दिउँसो घर नजिकैको विद्युत पोलमा चंगा अड्केको र त्यसलाई झिक्न खोज्दा तामाङलाई करेन्ट लागेको बताइएको छ । सो क्षेत्रमा हालै मात्र निर्माण भएको विद्युत प्रसारण लाइनका खम्बारहरू ढल्कँदा जोखिम बढेको भनि विद्युत प्राधिकरणमा खबर गरेपनि समस्या समाधानमा चासो नदेखाएको स्थानीयहरूको आरोप  छ ।

घाइते तामाङको स्वास्थ्यअवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ