पश्चिम नेपालमा भूकम्पको धक्का
थानकोट ।
बाँकेलाई केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यराति भूकम्प गएको छ।
राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बाँके, बर्दियासहित पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।