भूमिहीन चन्द्रागिरि नगरबासीका लागि भूमि व्यवस्थाको प्रकृया सुरू

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा स्थायी रूपमा बसोबास गरिरहेका भूमीहीन नागरिकहरूका लागि भूमीको व्यवस्थापन गर्ने कार्य औपचारिक रूपमा सुरू भएको छ ।

बिहीबार राष्ट्रिय भूमि आयोग काठमाडौंका अध्यक्ष केशव निरौला र चन्द्रागिरि नगरपालिका नगरप्रमुख घनश्याम गिरी बीच दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएसँगै भूमीहीन चन्द्रागिरि नगरबासीहरूको लागि भूमी उपलब्ध गराउने कार्यको सुरूवात भएको हो।

सम्झाैतापत्रमा हस्ताक्षर भएपछि  नगरप्रमुख घनश्याम गिरीले नगरक्षेत्रमा स्थायी रूपमा बसोबास गरिरहेका भूमिहीन नागरिकहरूका लागि भूमी व्यवस्था गर्ने प्रक्रिया अगाडि बढेको बताउनुभयो । नगरप्रमुख गिरीले उक्त सम्झाैतामा भूमी व्यवस्थाका लागि तथ्यांक संकलन लगायतका प्रशासनिक कार्यहरु उल्लेख रहेको बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *