भदाै २ गते चन्द्रागिरि नजिकैका यी स्थानमा दिनभर विद्युत अवरूद्ध हुने

Thankot Times

थानकोट ।

नेपाल विद्युत प्राधिकरण कीर्तिपुर वितरण केन्द्रले भदाै २ गते बिहीबार मच्छेगाउँ फिडरका केही स्थानमा दिनभर विद्युत अवरूद्ध हुने जानकारी दिएको छ।

सो वितरण केन्द्रका अनुसार मच्छेगाउँ फिडर अन्तर्गत जनसेवा स्कुल पांगादेखी जाखा हाइटसम्म कन्डक्टर अपग्रेडका लागि बिहान ११ देखी साँझ ५ः३० बजेसम्म विद्युत अवरूद्ध हुने जानकारी दिएको हो । सो क्रममा जाखा, जाखा हाइड, इन्छु चाैतारा लगायतका स्थानमा विद्युत अवरूद्ध हुने बताइएको छ ।

सो अपग्रेडको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साँझ ५ः३० अगावै विद्युत सुचारू हुनसक्ने समेत नेपाल विद्युत प्राधिकरण कीर्तिपुर वितरण केन्द्रले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *