“नगरसभाले तोके बमोजीमको मात्रै फोहरमैला संकलन शुल्क लिनू”- चन्द्रागिरि नगरपालिका

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि नगर क्षेत्रमा उत्पादन हुने फोहरमैला संकलनबापत लिने सेवा शुल्क निर्धारण गरेको छ । नगरपरिषद्को बैठकले तोकेको दर रेट अनुसार चन्द्रागिरि नगरबासीले मासिक कम्तीमा २०० रूपैयाँ फोहर व्यवस्थापनका लागि छुट्याउनु पर्नेछ । 

नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा अनुसार चन्द्रागिरि नगरपालिकामा हाल विभिन्न ६ वटा संस्थाले फोहरमैला संकलनको कार्य गरिरहेका छन् । ती संस्थाहरूले सेवाग्राहीहरूबाट फरक फरक सेवा शुल्क लिएको गुनासो आएपछि नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का निर्धारण गरेको फोहर मैला व्यवस्थापन शुल्क लिन पत्राचार गरेको वातावरण तथा विपद् व्यवस्थापन शाखाले जनाएको छ ।

यस्तो छ चन्द्रागिरि नगरपालिकाको फोहर मैला संकलन तथा व्यवस्थापन शुल्कको दररेटः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *