खादा प्रयोग नगर्ने नगर कार्यपालिकाको निर्णय

Thankot Times

थानकोट ।

खादा प्रयोगले अनावश्यक खर्च  बढाएको भन्दै नगर कार्यपालिकाको कार्यालयले तनहुँको भानु नगरपालिका क्षेत्रमा खादाको प्रयोगमा पूर्णरूपमा रोक लगाएको छ।

भानु नगरकार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र खादाको प्रयोग नगर्ने निर्णयअनुरूप रोक लगाएको हो।

विभिन्न कार्यक्रम, सभा, बैठक, समारोह तथा अन्य सम्मान लगायतका कार्यमा समेत खादा प्रयोग नगर्न निर्देशन गरिएको भानु नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए। खादाको प्रयोग नगर्न सम्बन्धित निकायमा सोमबार नै परिपत्र गरिसकेको उनले बताए।

अबदेखि कुनै पनि कार्यक्रममा खादा प्रयोग नगर्न र नगराउन नगरपालिकाका सबै निकायमा जानकारी गराइएको उनले बताए।

भानु नगरपालिकाभित्र सञ्चालित विद्यालय, कलेज, शिक्षालय, सामुदायिक सिकाइ केन्द्र, सार्वजनिक पुस्तकालय, वाचनालय तथा अन्य सम्पूर्ण सार्वजनिक कार्यक्रममा खादा प्रयोगमा नल्याइने नगरपालिका कार्यालयले जनाएको छ।

सामुदायिक शैक्षिक संस्थामा आयोजना गरिने वार्षिकोत्सव, सभा, बैठक समारोह, स्वागत तथा बिदाइ कार्यक्रम जस्ता सार्वजनिक कार्यक्रममा खादा प्रयोगमा पूर्णरूपमा बन्देज लगाइएको उनले बताए।

रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ