काठमाडौं क्षेत्र नं. १० मा ‘ह्याट्रिक’ गर्ने तयारीमा राजेन्द्र कुमार केसी

Thankot Times

थानकोट ।

मंसिर ४ का लागि तय भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनले राजनीतिक दलका नेताहरूको दैनिकीलाई थप व्यस्त बनएको छ ।

सत्ता साझेदार ५ दलको गठबन्धनले २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ जसले जहाँ जितेको छ ती ठाउँ सामान्यतः सोही दललाई छाड्ने सहमति जुटाएपछि काठमाण्डाै क्षेत्र नंं १० मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका राजेन्द्र कुमार केसीले ह्याट्रिक गर्ने तयारी गरेका छन् । यद्यपि गठबन्धनकै एक घटक माओवादी केन्द्रले पनि यसपटक काठमाडौं क्षेत्र नं १० दाबी गरेकाे बताइएको छ । नेकपा एमालेेबाट कसले टिकट पाउनेछन् याे भने हालसम्म खासै सुनिएको छैन् । दाेश्राे स्थानीय तह निर्वाचनमा काठमाडौं १० मा नेपाली काँग्रेसले अन्य दलकाे तुलनामा उल्लेख्य मत प्राप्त गरेकाे छ ।

नेपाली कांग्रेसका नेता केसीले २०७४ को निर्वाचनमा तत्कालीन बामगठबन्धनका हितमान शाक्यलाई २ हजार २ सय ८३ मतले पराजित गरेका थिए । जसमा केसीले २४ हजार १ सय ९० मत प्राप्त गर्दै जित हासिल गर्दा बामगठबन्धनका शाक्यले २१ हजार ९ सय ७ मत पाएका थिए । उक्त निर्वाचनमा यस क्षेत्रमा ५५ हजार १ सय १० मत खसेको थियो । सो आम निर्वाचनमा कांग्रेसले देश भरबाट प्रत्यक्षतर्फ २३ सिटमा जित हात पार्दा केसी पनि एक हुन्।

केसीले वि.संं २०७० सालमा सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा २०३९२ मत ल्याइ विजयी भएका थिए । उक्त निर्वाचनमा नेकपा एमालेका सुरेश मानन्धरले १३६१५ मत ल्याएका थिए भने नेकपा माओवादी अध्यक्ष प्रचण्डले १२८५२ मत ल्याएका थिए । सो निर्वाचनपछि केसी युवा तथा खेलकुद मन्त्री समेत भएका थिए ।

वि.संं २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा केसी नेकपा माओवादी अध्यक्ष प्रचण्ड पराजित भएका थिए । दोश्रो संविधानसभा निर्वाचनमा नेकपा माओवादी अध्यक्ष प्रचण्डलाई पराजित गरेपछि केसीको चर्चा एकाएक चुलियो ।

हाल केसी संसद्को सार्वजनिक लेखा समितिको सदस्य छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *