चन्द्रागिरि-८ मातातीर्थमा जथाभावी प्लाष्टिक जलाउन रोक
थानकोट ।
चन्द्रागिरि नगरपालिका-८ मातातीर्थमा खुल्ला रूपमा प्लाष्टिकजन्य फोहोरमैला जलाउन रोक लगाइएको छ ।
वडा कार्यालयले सोमबार जारी गरेको सूचना अनुसार खुल्ला रूपमा प्लाष्टिकजन्य फोहोरमैला जलाएको गुनासो बढेपछि वडा क्षेत्रमा सो खालको क्रियाकलाप गर्न बर्जित गरिएको हो ।
यस्तै, खुल्ला रूपमा मदिरा सेवनले वडाबासीको दैनिकीमा नकरात्मक असर परेको हुँदा सो को न्यूनीकरणका लागि वडा क्षेत्रभित्र भदाै १ गतेबाट लागु हुने गरि खुल्ला रूपमा मदिरा ओसार पसार तथा बेचबिखनमा रोक लगाइने बताइएको छ ।
वडा कार्यालयको सूचना अटेर गरेमा नियमानुसर कारबाही प्रक्रिया अघि बढाइने वडाध्यक्ष प्रह्लाद रिजालले जानकारी दिनुभयो ।