उपत्यकामा आइतबार करिब ३ हजार सवारी चालकमाथि कारबाही

Thankot Times

थानकोट ।

काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ९३० जना सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेका कारण आइतबार उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारबाही गरेको हो ।  

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १४२, लेन अनुशासन पालना नगर्ने ७२, रातो बत्तप्मा सवारी साधन चलाउने ८४ र नम्बर प्लेट राम्रोसँग नराख्ने ३८ जना सवारी चालक रहेको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । 

यस्तै, २ हजार ५ सय ९४ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ।

पछिल्लो समय ट्राफिक प्रहरीले सवारी साधनको जाँचमा तिव्रता दिँदै आएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *