यस्तो छ आजको मौसम पूर्वानुमान

Thankot Times

थानकोट

हाल सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । आज बिहान सुदुरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  राती  प्रदेश १, मधेश प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ ।

यी स्थानमा नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *