नेकपा एसबाट काठमाण्डाै १० ख रमा आलेमगर दाेहाेरिने निश्चित

Thankot Times

थानकाेट ।
आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनको कार्यदलमा सिट बाँडफाँटको मापदण्डबारे छलफल भइरहेका बेला नेकपा एसले बागमतीमा प्रतिनिधिसभातर्फ कम्तिमा ६ सिट र प्रदेशसभातर्फ त्यसको दोब्बर अर्थात १८ सिट लिएरै छाड्ने रणनीति बनाएको छ ।
गठबन्धनले बनाएको मापदण्ड अनुसार प्रतिनिधिसभातर्फ ४ सिट र प्रदेश सभातर्फ ९ सिट नेकपा एसले स्वतः पाउनुपर्छ ।

गठबन्धनले २०७४ सालमा प्रत्यक्षतर्फ जसले जहाँ जितेको छ ती ठाउँ सामान्यतः सोही दललाई छाड्ने सहमति जुटाएको छ । प्रदेशसभाको ६६ प्रत्यक्ष सिटमध्ये नेकपा एसले कम्तिमा १२ सिटमा दाबी नछाड्ने भएको छ ।
मापदण्डअनुसार प्रदेशसभा अन्तर्गत काठमाडौं ४ का कुसुम कार्की, ७ का बसन्त मानन्धर र १० की रमा आलेमगरको क्षेत्र स्वतः नेकपा एसको भागमा सुरक्षित हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *