म्यानचेस्टर युनाईटेडकाे खराब लय कायमै

थानकोट ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लगातार दोस्रो हर व्यहोरेको छ ।
शनिबार राति भएको खेल ब्रेन्टफोर्डसँग ४-० ले स्तब्ध हुँदै युनाईटेडले लगातार दोस्रो हार व्यहोरेको हो ।
घरेलु मैदानमा ब्रेन्टफोर्डले युनाईटेडविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो ।
खेलको दशौँ मिनेटमा जोस डासिल्भाले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
म्याथिस जेन्सेनले १८ औं मिनेटमा गोल गर्दा ब्रेन्टफोर्ड २-० ले अघि रह्यो ।
खेलको ३० औं मिनेटमा बेन मिले गोल गरेपछि घरेलु टोली ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ३५ औं मिनेटमा ब्रायन एमबिउमोले गोल गर्दै ब्रेन्टफोर्डलाई ४-० को जित दिलाए ।
ब्रेन्टफोर्डको यो पहिलो जित हो ।
ब्रेन्टफोर्ड २ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
युनाईटेड अंक विहीन रहदै पुछारमा रहेको छ ।