सुन्दरीजलमा एक पुरूष खोलामा खसेर बेपत्ता

Thankot Times

थानकोट ।

काठमाडौंको सुन्दरीजलमा एक पुरूष खोलामा खसेर बेपत्ता भएका छन्।

शनिबार दिउँसो एक जना पुरूष सुन्दरीजलस्थित बागमतीमा खसेर एक पुरूष बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

बेपत्ता भएका पुरूषको खोजी गर्ने काम भइरहेको मैनालीले बताए। उनको पहिचान खुलिसकेको छैन्।

उनको खोजी गर्न सामाखुसीबाट विपद् व्यवस्थापनको टोली पनि खटिएको छ।

‘सुन्दरीजलमाथि बागमतीमा एक पुरूष बेपत्ता भएको खबर छ। चिप्लिएर हो कि कसरी खसेको हो खुलिसकेको छैन्,’ उनले भने, ‘अरू विवरण आइसकेको छैन्।’

यसअघि गत साउन ७ गते पनि सुन्दरीजलमा एक किशोर खसेर बेपत्ता भएका थिए। उनको पछि शव फेला परेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *