थापाथली पुलबाट बागमतीमा फाल हानेकी महिलाको उद्दार

Thankot Times

थानकोट ।

काठमाडौंको थापाथलीस्थित पुलबाट एक महिलाले बागमती नदीमा हाम्फालेकी छन्।

शनिबार अपराह्न ४ बजे पुलबाट बागमती नदीमा एक महिलाले हाम्फालेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार ती महिलाको उद्धार गरिएको छ। उनको उपचारको लागि वीर अस्पताल लगिएको छ।  उनको पहिचान खुलिसकेको छैन्। प्रहरीले घटना सम्बन्‍धमा थप अनुसन्धान अघि बढाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *