काँग्रेसको चुनावी अभियान कार्यक्रम हेरफेर

Thankot Times

थानकोट ।

मंसिर ४ का लागि तय भएको चुनावका लागि नेपाली काँग्रेसको पूर्वनिर्धारित चुनावी कार्यक्रममा हेरफेर भएको छ । यसअघि काँग्रेसले भदौ २ देखि देशभर चुनावी अभियान सञ्चालन गर्ने भनिएकामा त्यसलाई सारेर ७ गते पुर्याइएको छ ।

महामन्त्री गगन थापाले चुनावी अभियान कार्यक्रम हेरफेर गरिएको भन्दै अब भदौ ७ देखि २४ गतेसम्म सञ्चालन हुने बताए ।

यसअघि भदौ २ देखि २४ गतेसम्म कार्यक्रम सञ्चालन हुने गत केन्द्रीय समिति बैठकले तय गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *