गत आवमा काठमाडौं महानगरको खर्च ४४ प्रतिशत
थानकोट ।
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ७ अर्व ३१ करोड ३५ लाख २९ हजार ४४२ रुपैयाँ ४७ पैसा खर्च गरेको छ ।
महानगरको वार्षिक समीक्षा बैठकमा वित्त विभागले प्रस्तुत गरेको तथ्यांक अनुसार स्वीकृत १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार रुपैयाँको ४४.२४ प्रतिशत खर्च भएको हो ।
गत वर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्याङ्कनका लागि समीक्षा बैठक आयोजना गरिएको योजना अनुगमन तथा मूल्याङ्कन एकाईका प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिए ।