सवारी चेकिङमा ट्राफिक प्रहरीको कडाइ: प्रेसकाे सवारी, पानी ट्याँकर र एम्बुलेन्स पनि कारबाहीमा
थानकोट ।
ट्राफिक प्रहरीले आज बिहान गरेको विशेष चेकिङका क्रममा २ सय ६५ जना चालक कारबाहीमा परेका छन् ।
पानी बोक्ने सवारी साधन ९३ ओटा, प्रेसको सवारी साधन १ ओटा, एयरपोर्ट भित्र तथा बाहिर सञ्चालन भइ मिटरमा जान नमान्ने ट्याक्सीहरू ३४ ओटा, एम्बुलेन्स ५ ओटा र अन्य सवारी साधन १ सय ३२ गरी जम्मा २ सय ६५ ओटा सवारी साधनका चालक कारबाहीमा परेका हुन् ।
जसमध्ये मदिरा पिएर पानी ढुवानी गर्ने सवारी साधन चलाउने ३ जना चालकलाई समेत कारबाही गरिएको छ ।
एयरपोर्ट भित्रिने तथा बाहिरिने ट्यासीहरू मिटरमा जान नमान्ने जनगुनासो बढेकोले नियम विपरीत चल्ने ट्याक्सीहरूलाई विशेष अभियानकै रूपमा कारबाही गर्न थालिएको काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।