थानकोटमा श्रावण २८ गते गाईजात्रा मनाइने

Thankot Times

थानकोट ।

चन्द्रागिरि ३ र ४ थानकोटमा परम्परागत सांस्कृतिक उत्सव गाईजात्रा (साःपारू) श्रावण २८ गते शनिबार मनाइने भएको छ ।

बुधबार चन्द्रागिरि ३ र ४ थानकोटका वडाध्यक्षहरूको संयोजकत्वमा बसेको बैठकले श्रावण २७ गते गणेश जात्रा तथा श्रावण २८ गते गाईजात्रा मनाउने निर्णय गरेको चन्द्रागिरि ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।

साथै, बैठकले श्रावण २८ गते शनिबार सिलाफल स्थित पोखरीमा टाउको डुबाउने जात्रा मनाउने निर्णय गरेको छ ।

जनैपूर्णिमा र गाईजात्रा पर्व यसवर्ष श्रावण शुक्ल पूर्णिमामा एकैदिन परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिथि अनुसार एकै दिन दुई पर्व परेको मिति सार्वजनिक गरे पनि काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका नेवार समुदायले छुट्टाछुट्टै दिनमा यी दुई पर्व मनाउने भएका छन्।

तस्बिरः सामाजिक सञ्जाल

सतुंगलमा श्रावण २८ गते गाईजात्रा मनाइने


Leave a Reply

Your email address will not be published. Required fields are marked *