सतुंगलमा श्रावण २८ गते गाईजात्रा मनाइने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका १० र ११ स्थित सतुंगल बाजा तथा संस्कृति संरक्षण एवं व्यवस्थापन समितिले श्रावण २८ गते शनिबारका दिन गाईजात्रा मनाउने निर्णय गरेको छ ।

सो समितिले बुधबार राजोपाध्याय, जोशी तथा सरोकारवालाहरू सहितको बृहत छलफलपछि सो निर्णय गरेको बताइएको छ ।
उक्त निर्णय अनुसार श्रावण २७ गते शुक्रबार जनैपूर्णिमा, श्रावण २९ २८ गते शनिबार साःपारू (गाईजात्रा), श्रावण २९ गते मत्या (गणेश जात्रा) र श्रावण ३१ गते राोपाइ जात्रा मनाउने निर्णय गरेको सतुंगल बाजा तथा संस्कृति संरक्षण एवं व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

जनैपूर्णिमा र गाईजात्रा पर्व यसवर्ष श्रावण शुक्ल पूर्णिमामा एकैदिन परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिथि अनुसार एकै दिन दुई पर्व परेको मिति सार्वजनिक गरे पनि काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका नेवार समुदायले छुट्टाछुट्टै दिनमा यी दुई पर्व मनाउने भएका छन्।

तस्बिरः सतुंगल सत्यपुर

थानकोटमा श्रावण २८ गते गाईजात्रा मनाइने


Leave a Reply

Your email address will not be published. Required fields are marked *